काठमाडौं ।
कोरोना संक्रमणबाट काठमाडौंमा काँग्रेसका एक नेताको मृत्यु भएको छ । काठमाडौं वडा २१ का कार्यसमिति सभापति गोविन्द रञ्जितको कोरोनाबाट मृत्यु भएको हो ।
कोरोना संक्रमण पछि काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्तालमा उपचाररत उनको आज मृत्यु भएको बताइएको छ ।
काँग्रेस काठमाडौं क्षेत्र नं. २ का क्षेत्रीय सभापति उपेन्द्र कार्कीले उनको मृत्युको पुष्टि गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै रञ्जितको मृत्युले पार्टीलाई अपूरणिय क्षति पुगेको उल्लेख गरेका छन् ।
हार्दिक श्रद्धाञ्जली
नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं.२१ कार्यसमिति सभापति आदरणिय गोविन्द रञ्जित ज्यूको कोभिड १९ को उपचारको क्रममा आज विहान स्वर्गारोहण भएको खबरले स्तब्ध बनाएको छ र यसबाट पार्टीलाई अपुरणिय क्षती पुगेको छ । दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति हार्दिक समावेदना व्यक्त गर्दछु ।






























प्रतिक्रिया