चीनबाट ल्याइएका नेपालीहरूको धन्यवाददेखि भूपू ब्रिटिस सैनिकहरुको चेतावनीसम्म (भिडियो)

चीनबाट ल्याइएका नेपालीहरूको धन्यवाददेखि भूपू ब्रिटिस सैनिकहरुको चेतावनीसम्म (भिडियो)


केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।

आजका बुलेटिनमा नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यशैली सम्बन्धी सामाग्री समाबेश छ । उनले चुहावट नियन्त्रण गर्न आक्रामक अभियान चालेका छन् । परिणाम स्वरूप चुहावटमार्फत खेर जाने १० अर्ब रुपैयाँ जोगिएको छ ।

त्यस्तै सरकारले ५ हजार वर्ग किलोमिटर भन्दा बढी अतिक्रिमित जग्गामा सरकारी बोर्ड गाडेको छ ।  २ सय ६४ बिघा जमिन सरकारको नाममा दर्ता भइसकेको सरकारको दावी छ  । नयाँ बसपार्क क्षेत्रमा प्रहरीले थालेको अप्रेशनको समाचार पनि आजको बुलेटिनमा समाबेश छ । अभियान अन्तर्गत पाँच महिनामा एक हजार जना पक्राउ परेका छन्  ।

भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुद्वारा आमरण अनसन बस्ने चेतावनी दिएका छन् । बेलायतले मानवीय व्यवहार समेत नगरेको भन्दै उनीहरूले विभिन्न मागहरू अघि सारेका छन् ।

त्यस्तै आजको बुलेटिनमा चीनबाट ल्याइएका नेपालीका अभिभावकहरूको धारणाहरू पनि समेटिएका छन् ।

 

 

Logo