न्युजिल्याण्ड एडमिसन एजुकेशन फेयर जारी

एक्सेस एजुकेशन नेटवर्कको ‘न्युजिल्याण्ड एडमिसन एजुकेशन फेयर’ आज चितवनमा संचालन भइरहेको छ । एकैठाउँमा सबै कुराको जानकारी दिने उद्धेश्यसहित आइतबार पोखराबाट फेयर शुरु भएको हो ।

एजुकेशन फेयरमा न्युजिल्याण्डका १२ वटा चर्चित शैक्षिक संस्थाको सहभागिता छ । सहभागी शैक्षिक संस्थाहरूमा इन्स्टिच्युट अफ टेक्नोलोजी (टिओआई ओहोमाई), वाकाटो इन्स्टिच्युट अफ टेक्नोलोजी (विनटेक), ईआइटी, साउथर्न इन्स्टिच्युट अफ टेक्नोलोजी, एज्पाएर टु इन्टरनेशनल, अल्फा एजुकेशन इन्स्टिच्युट, ओटागो पोलिटेक्निक, एनजेडएमए, यूपी एजुकेशन, एजिआई, डब्लुआइटीटी र इन्स्टिच्युट अफ सेन्टरवरी छन् । मेलामा सहभागी हुनका लागि यी शैक्षिक संस्थाका ३५ जना विषयविज्ञ नेपाल आएका छन् ।

एजुकेशन फेयरमा सहभागी संस्थाहरूले एक सयभन्दा बढी विषयका बारेमा विस्तृत जानकारी प्रदान गर्नेछन् । उनीहरुले विषयवस्तुको मात्रै नभएर त्यहाँ जानका लागि आवश्यक सम्पूर्ण कागजी प्रक्रिया एवं व्यावहारिक ज्ञानका विषयमा विस्तृत जानकारी प्रदान गर्नेछन् ।

यो एजुकेशन फेयर पोखरामा हिजो साउन २६ गते संचालन भएको थियो।  आज चितवनमा फेयर संचालन भैरहेको छ । बुटवलमा भोलि साउन २८ गते कार्यक्रम हुँदैछ । त्यसपछि काठमाडौँ नयाँ बानेश्वरस्थित एक्सेसको कार्यालयमा साउन २९ गते अर्थात् पर्सिका दिन एजुकेशन फेयर हुनेछ ।

एजुकेशन फेयर कार्यक्रम बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुनेछन् । फेयरमा सहभागी हुनेहरूलाई आकर्षक उपहार प्रदान गरिनुका साथै केहीलाई छात्रवृत्ति समेत प्रदान गरिने बताइएको छ ।

एक्सेसले न्युजिल्याण्ड, अस्ट्रेलिया, युके, युएसए, फिलिपिन्स, भारत, आयरल्याण्ड र क्यानडा जान चाहने विद्यार्थी र तिनका अभिभावकलाई उच्च शिक्षाका लागि उचित परामर्श प्रदान गर्दै आएको छ । यसले विद्यार्थीहरुलाई करियर काउन्सिलिङ प्रदान गर्नुका साथै विदेशी कलेज तथा विश्वविद्यालयहरूमा भर्ना प्रक्रियाका लागिसमेत सहयोग गर्दै आएको छ ।