दाहालको दाबीः ‘आगामी निर्वाचनमा गठबन्धनलाई भोट हाल्नै हुँदैन’

दाहालको दाबीः ‘आगामी निर्वाचनमा गठबन्धनलाई भोट हाल्नै हुँदैन’


प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद देवेन्द्र दाहालले सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनमा जनताले भोट हाल्नै नहुने जिकीर गरेका छन् । निर्वाचनमा बहुमत ल्याउने र मुलुकलाई समृद्धि दिन्छु भन्न नसक्ने सत्तारुढ गठबन्धनलाई जनताले भोट हाल्न नहुने उनको भनाई थियो ।  

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद दाहालले भने- ‘निर्वाचनमा जाँदाखेरीत म एक्लै बहुमतको सरकार बनाएर जनतालाई, जनताको नेतृत्व गर्छु, विकास गर्छु । समृद्धि ल्याउँछु भनेर भन्न सक्नु पर्ने हो । तर, सत्तारुढ गठबन्धनले भन्न सक्ने स्थिति छैन । र, जनताले सुन्ने गरी म भन्न चाहन्छु–बहुमतको सरकार बनाउँछौ भनेर हामी भन्छौं । मुलुकको स्थिरताको लागि भनेर नेकपा (एमाले)ले त्यो भन्छ । र, जसले बहुमतको सरकार बनाउन सक्छु भनेर भन्न सक्दैन । त्यसलाई जनताले भोट हाल्दैनन् भन्ने लाग्छ मलाई । हाल्नु हुँदैन । मतदान गर्नु हुनेछैन जनताले । र, त्यस्तोलाई भोट दिनु हुँदैन भन्छु म । किनभने के उद्देश्य हो ? के लक्ष्य हो ? के दिने हो ? भन्ने कुरा पार्टीले पार्टी खोलेर बसिसकेपछि भन्न सक्नु पर्छ ।’ 

उनले आगामी निर्वाचनमा बहुमत ल्याएर मुलुकलाई समृद्ध बनाउने संकल्प लिएको दावी समेत गरे । गठबन्धनसँग मुलुक बनाउने नभई नेताहरु व्यवस्थापन गर्ने उद्देश्य मात्रै भएको उनको आरोप छ । 

‘निर्वाचनमा सबै राजनीतिक दलहरु केन्द्रित भएर लागि रहेको अवस्था छ । यतिबेला गठबन्धन बनाएर सबै राजनीतिक शक्ति एमालेविरुद्धमा केन्द्रित छन । यो गठबन्धन के को गठबन्धन हो ? मान्छेहरुले बुझ्न सकेका छैनन् । र, आ–आफ्नै खालका तर्कहरु छन । गठबन्धनवालाहरुको के तर्क छ भने यो प्रतिगमन विरुद्धको गठबन्धन हो । प्रजातन्त्रका लागिको गठबन्धन हो । मैले यसो हेरेँ । के प्रतिगमन भएकै हो ? यसमा कति मान्छे पक्राउ परे, कतिलाई यातना दिइयो ? कति मान्छेहरुले दुःख पाए ? आफ्ना आवाजहरु उठाउन पाएनन ? भन्दा केही पनि छैन । प्रजातन्त्रमाथि खतरा कहाँ छ ? भन्दा त्यो पनि छैन ।’ उनले भने, ‘अर्कोतर्फ आम जनताको के तर्क छ भने यो गठबन्धन बाँडिचुँडी खानका लागि हो । बजेट बनाउँदा वा करका दहरु निर्धारण गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर दलाल पूँजीपति वर्गहरुको रक्षामा करका सहुलियत वा छुट दिने, सिसीटिभी फुटेज नष्ट गर्ने वा लुकाउने र गठबन्धनको बहुमत हुने गरी संसदीय छानविन समिति बनाउने र बहुमतको आधारमा रिर्पोट बनाएर दुनिँयालाई मुर्ख बनाउने गठबन्धन हो ।’

उनले एमाले बाहेक सबै राजनीतिक दलहरुसँग एक्लै चुनाव लड्ने सामथ्र्य गुमिसकेको हो भन्दै प्रश्नसमेत उठाएका छन् । ‘यो गठबन्धनले दलहरुबीच चुनावमा प्रतिस्पर्धा गर्न दिएको छ त ? यो गठबन्धनले त्यसो गर्न दिएको छैन । यहाँ त जीवनभर क्रान्तिको कुरा गरेको छ । नयाँ जनवाद, प्रजातान्त्रिक समाजवाद भनेको छ । अनि बल्ल ५ वर्षमा आउने निर्वाचनमा जनतालाई काँग्रेसले हसिँया हतौडामा भोट हाल्न लगाउने माओवादीले रुखमा भोट हाल्न लगाउँछ । के त्यसै गर्दा समाजवाद आउँछ ? प्रजातान्त्रिक समाजवाद आउँछ ? के त्यसै गर्दा नयाँ जनवाद आउँछ ? यो जनताप्रति धोका होइनन् र ? मेरो प्रश्न यहाँनिर छ ।ड उनले भने, ‘एउटा मलाई प्रश्न गर्न मन लागेको छ–के एमाले बाहेक सबै राजनीतिक दलहरुसँग एक्लै चुनाव लड्ने सामथ्र्य गुमिसकेको हो ? सुनिदैछ यो गठबन्धन अझै कसिलो बनाउने रे । तर बालुवाटारमा बालुवा पेलिदैछ । तर, केही निस्केको छैन । त्यहाँ सिट बाँडफाँड गरिदैछ । तर, त्यो सिट बाँडफाँड गर्न सकिएको छैन ।’

Logo