चीनमा बस दुर्घटना, २७ जनाको मृत्यु

चीनमा बस दुर्घटना, २७ जनाको मृत्यु


दक्षिणपश्चिम चीनमा आज भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ ।

ग्रामीण गुइझोउ प्रान्तको राजमार्गमा भएको दुर्घटना अहिलेसम्मकै सबैभन्दा घातक सडक दुर्घटना भएको बताइएको छ । 

४७ जना सबार बस दुर्घटनामा परेको प्रहरीले सामाजिक सञ्जालमा प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ । दुर्घटनाका २० घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 
धेरै जातीय अल्पसंख्यक बसोबास गर्ने गुइझोउको दुर्गम र पहाडी क्षेत्रमा उक्त दुर्घटना भएको हो । दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । 
 

Logo