जाजरकोटको नलगाडमा आँखा र कानको विशेषज्ञ उपचार सुविधा

जाजरकोटको नलगाडमा आँखा र कानको विशेषज्ञ उपचार सुविधा


जाजरकोटकोे नलगाड नगरपालिकामै अब आँखा र कानको विशेषज्ञ उपचार सेवा पाइने भएको छ ।

नगरपालिकाले बुधबार औपचारिक कार्यक्रम आयोजना गरी आँखा र कानसम्बन्धी रोगहरूको उपचार सेवा सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए ।

सदरमुकाममा मात्र केन्द्रित रहेको आँखा र कानको उपचार अब नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीबाट पनि सुरु गरेको उनले जानकारी दिए ।

नेपाल रेडक्रसद्धारा सदरमुकाममा वषौँ अघिदेखि आँखा र कानको  उपचार सेवा प्रवाह गर्दै आएको थियो । 

Logo