आर्सनल पूनः शीर्ष स्थानमा,नटिङघम फरेस्टको पोष्टमा आर्सनलको ५ गोल

आर्सनल पूनः शीर्ष स्थानमा,नटिङघम फरेस्टको पोष्टमा आर्सनलको ५ गोल


नटिङघम फरेस्टमाथि ५–० को सहज जितसँगै आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा फर्किएको छ । 

आइतबार राति आर्सनलको जितमा रेइस नेल्सनले दुई गोल गरे । यस बाहेक गाब्रियल मार्टिनेली, थोमस पार्टी र मार्टिन ओडेगार्डले एक एक गोल थपे । पहिलो हाफमा दुई गोल गरेको आर्सनलले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । खेलसँगै आर्सनलले म्यानचेस्टर सिटीलाई उछिनेको छ । अघिल्लो रात लेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर शीर्षस्थानमा उक्लिएको थियो ।

आर्सनल १२ खेलबाट ३१ अंक जोड्दै शीर्षस्थानमा छ । पराजित फरेस्ट ९ अंक जोडेर पुछारमा छ ।

Logo