सानिमा बैंकका ग्राहकहरुलाई “दराज ११.११”मा विशेष छुट

सानिमा बैंकका ग्राहकहरुलाई “दराज ११.११”मा विशेष छुट


सानिमा बैंकका ग्राहकहरुका लागि दराजसंग “दराज ११.११”मा विशेष छुट दिने सहकार्य भएको छ ।

यस योजना अवधिभर ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानीगर्दा १५% वाअधिकतम् रु २,५०० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वाअधिकतम् रु ३,००० सम्मको छुट प्राप्तगर्न सक्ने बैंकले जनाएको छ । 

यो योजनामा सिमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइने बताइएको छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक िकस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । 

यो योजना मंसिर १ गतेसम्म लागू हुनेछ ।

Logo