के यो समयमा भवनको शिलान्यास गर्नु हुन्छ ? (भिडियो रिपोर्ट)

काठमाडौं । ज्योतिषीय गणनाअनुसार अहिले शुक्रअस्त छ । पूर्वीय मान्यताअनुसार यो समयमा कामना राखेर गरिने कर्म अर्थात् काम्यकर्म गर्न हुँदैन किनभने यस्तो अवस्थामा गरिने शुभकर्म फलदायी नभएर अनिष्टकारी बन्न सक्छन् । फेरि यो समय पितृपक्ष पनि हो ।

शास्त्रज्ञहरूका अनुसार यो समयमा श्राद्ध बाहेक अन्यकर्म गर्न हुँदैन । तर यसै समयमा हाम्रा प्रधानमन्त्रीले तामझामका साथ असोज १ गते सबै नेपालीको प्रतिनिधित्व रहने संसद भवन र २ गते प्रधानमन्त्री निवासका भवनको शिलान्यास गरे ।

बाह्य धर्मपरम्परा वा संस्कार अनुशरण गरेर वात्यस्ता कुनै कर्म नगरी शिलान्यास गरिएको भए त्यतातिर हाम्रो चासो हुँदैनथ्यो, पण्डित–पुरोहित नराखी, पञ्चशिला, कलशआदि पूजानगरी गरेको भए पनि हामीलाई केही भन्नु थिएन ।

तर, वैदिक परम्परा मानेजस्तो पनि गर्ने तर कुसाइतमा गर्न नहुने काम गरेर शास्त्रीय परम्पराको धज्जी उडाउने काम भएपछि त्यसका विषयमा हामीले जानकारसँग जिज्ञासा राख्यौं ।

के अहिले गरिएको शिलान्यासलाई कुनै कोणबाट शास्त्रोचित ठहराउन सकिन्छ ? कम्तीमा पनि असोज ११ गते शुक्र उदय हुने समय पर्खेर यी शुभकर्म गरेको भए के बिग्रन्थ्यो ? प्रधानमन्त्री त राजनीतिज्ञ हुन् उनलाई धर्मको ज्ञान नरहन सक्छ, तर त्यहाँ गएर पूजापाठ गराउने ब्राह्मणले द्रव्यलोलुप भएर पापभागी बन्नुअघि उचित अनुचित सल्लाह दिन सक्दैनथे ?

अथवा जबर्जस्तीगरिएको हो भने नहुने बेलामा यस्तो कर्म गर्दिन भन्न सक्दैनथे ? जे हुनु त भइहाल्यो, तर यसको परिणाम के हुन्छ त भन्ने विषयमा हामीले पञ्चांग निर्णायक समिति, नेपालका अध्यक्षप्रा.डा. रामचन्द्र गौतमसँग कुराकानी गरेका छौँ । हेर्नुहोस भिडियोमाः

 

ताजा समाचार

के यो समयमा भवनको शिलान्यास गर्नु हुन्छ ? (भिडियो रिपोर्ट)