काभ्रे बस दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न दाहालको माग

काभ्रे बस दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न दाहालको माग


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काभ्रेको बेथानचोकमा मंगलबार भएको दुर्घटनाका घाइतेका निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा एको बस दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले यो खबरले आफू मर्माहत भएको बताएका छन् । दाहालले दुर्घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै  बढ्दो सवारी दुर्घटना रोक्न सम्बन्धित सबैमा आग्रह गरेका छन् ।

‘काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४, चलाल गणेशस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको खबरले मर्माहत बनाएको छ’, शोक सन्देशमा उनले भनेका छन्, ‘दुर्घटनामा परी निधन हुनुभएकाहरू प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु।’ 

Logo