राष्ट्रहीतको मुद्दालाई पहिलो प्राथमिकताः सांसद गौतम

राष्ट्रहीतको मुद्दालाई पहिलो प्राथमिकताः सांसद गौतम


राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रहीतको मुद्दालाई पहिलो प्राथमिकता दिएर काम गर्ने बताएकी छन् । 

बिहीवार शपथग्रहण प्रश्चात् संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै सांसद गौतमले यस्तो प्रतिक्रिया दिएकी हुन् । उनले एउटा सांसद मात्रै नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नै राष्ट्र हीतको मुद्दामा एक भएर राष्ट्रलाई अगाडि बढाउने विषयमा निरन्तर सक्रिय रहने बताइन् । 

उनले भनिन्, ‘संसदमा सोविता गौतम मात्रै होइन । राष्ट्रिय स्वतन्त्र पार्टी नै राष्ट्र हीतको मुद्दामा एक भएर राष्ट्रलाई अगाडि बढाउने विषयमा निरन्तर सक्रिय भएर लागिरहने छ । यसरी नै संसदमा देख्नुहुने छ । कानून निर्माण गर्ने ठाउँमा आएका छौं । हरेक नेपाली नागरिकको जनजीविकाको विषयमा वकालत गर्नेछौं । संसदले बनाउने नीति नियमहरु नेपाली जनताको पक्षमा हुने किसिमले काम गर्नेछौं ।’ 

सांसद गौतमले तत्काल सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताइन् । 

Logo