नक्कली विवरण पेश गरी नागरिकता र राहदानी प्रमाणपत्र लिने पक्राउ

नक्कली विवरण पेश गरी नागरिकता र राहदानी प्रमाणपत्र लिने पक्राउ


झुट्टा विवरण पेस गरी नागरिकता र राहदानी प्रमाणपत्र लिई दुरुपयोग गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सर्लाही त्रिभुवननगर गाविस-१ ठेगाना भएका ३९ वर्षीय मोहमद नुर आलमलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका-१४ कलङ्की खसीबजारबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा सन् २०१२ मा म्यानमारबाट बङ्गलादेश हुँदै नेपाल आई सर्लाहीस्थित साबिक त्रिभुवननगर गाविस-१ मा बसी मदरसामा पढाउँदै आएका म्यानमारका नागरिक आलमले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको र सोही नागरिकताको आधारबाट राहदानी विभाग काठमाडौँबाट राहदानी समेत प्राप्त गरेको खुल्न आएको छ । उनलाई लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको छ । 

Logo