तीन सय ट्रिपर अवैध नदीजन्य पदार्थ सङ्कलन

तीन सय ट्रिपर अवैध नदीजन्य पदार्थ सङ्कलन


कालिका नगरपालिकाले अवैध रुपमा भण्डारण गरेर राखिएका नदीजन्य पदार्थ सङ्कलन सुरु गरेको छ । नगरपालिकाले आजसम्म तीन सय ट्रिपर नदीजन्य पदार्थ सङ्कलन गरेको हो । 

नगरप्रमुख विनोद रेग्मीका अनुसार गत पुस ३० गतेबाट नगरभित्रका विभिन्न ठाउँमा अवैध रुपमा भण्डारण गरिएका ढुङ्गा, गिटी, बालुवा उठाएर वडा नं ७ को कार्यालय परिसरमा जम्मा गरिएको छ । 

दैनिक रुपमा ट्रिपर र जेसिबी प्रयोग गरेर यस्ता वस्तु अभियानकै रुपमा उठाउन थालिएको हो । उनका अनुसार तटबन्धन गरिएका खोलामा असर पुग्ने गरी नदीजन्य पदार्थ उत्खनन गरेर राखिएको पाइएपछि कडाइका साथ सङ्कलन थालिएको हो । 

उनले भने, “नगरवासी खुसी छन्, हामी यो कामलाई निरन्तरता दिन्छौँ ।” अझै दुई सय ट्रिपरभन्दा बढी यस्ता वस्तु रहेको अनुमान छ । सबै सामग्री सङ्कलन गरिसकेपछि बोलपत्र आह्वान गरिने छ । त्यहाँबाट प्राप्त राजस्व जुन वडाबाट उठाइएको हो सोही वडालाई प्राथमिकता दिएर विकास निर्माणमा खर्च गरिने उनले बताए । 

Logo