केही दिन मनसुनी गतिविधि कम हुने

केही दिन मनसुनी गतिविधि कम हुने


काठमाडौं ।

नेपालमा अबको केही दिन मनसुनी गतिविधि कम हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतर्फबाट केही तल झरेको छ । जसका कारण पनि उच्च मनसुनी वर्षा कम हुनेछ ।

तर मनसुनको समय यथावत नै रहेकाले स्थानीय वायु र जलवाष्पको उपस्थितिका कारण देशका केही भेगमा आक्कल झुक्कल वर्षा भइ नै रहनेछ । एक दुई स्थानमा छोटो समयको भारी वर्षा पनि हुने मौसमविद्हरु बताउँछन् ।

आगामी तीन दिन देशभर सामान्य बदली कायम रहँदै बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । यस अवधिमा केही स्थानमा भारी वर्षा पनि हुने जनाइएको छ ।

Logo