एक सय ३९ जना अपाङ्गता भएका बालबालिका बिद्यालयको पहुंँच बाहिर

एक सय ३९ जना अपाङ्गता भएका बालबालिका बिद्यालयको पहुंँच बाहिर


चितवनको दुई पालिकामा एक सय ३९  अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर रहेका  छन् । समावेशी शिक्षा परियोजनाले आइतबार आयोजना गरेको सञ्चारकर्मीसँग छलफलका क्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा रहेका दुई सय ८९  अपाङ्ग बालबालिकामध्ये एक सय ३९  विद्यालय जान नपाएका हुन् । भरतपुरमा अपाङ्गता भएका बालबालिका एक सय दुई र कालिकामा ३७ विद्यालय बाहिर रहेका छन् ।
 
भरतपुरभित्र ५० र कालिकामा १९ बालबालिका जटिल प्रकारको अपाङ्गता भएको पाइएको कार्यक्रममा राष्ट्रिय बहिरा महासङ्घकी शर्मिला तामाङले जानकारी दिए। उनीहरुलाई घरमा नै गएर सेवा दिइँदै आएको उनले बताए ।
 
इन क्लुसिभ फिउर्चस परियोजनाले दुई पालिकामा दुईवटा स्रोत केन्द्र सञ्चालन गर्दै आएको छ । भरतपुरको बालकुमारी माध्यमिक विद्यालय र कालिकाको रेडक्रस चोकमा केन्द्र सञ्चालन गर्दै आएको छ । भरतपुरमा अहिले तीन  र कालिकामा नौ बालबालिका केन्द्रमा छन् ।
 
अटिजम केयर चितवन सोसाइटीकी प्रमिला न्यौपानले जिल्लामा अटिजम भएका पाँच सयभन्दा बढी बालबालिकाको अभिभावक सम्पर्कमा आएको जानकारी दिए । उनीहरुमध्ये तीन सय हाराहारी भरतपुरभित्रका  छन् ।

विश्वमा जन्मने ४४  बालबालिकामध्ये एक जनामा अटिजमको समस्या देखिने गरेको उनले  जानकारी दिए । भरतपुरले सञ्चालन गरेको अटिजम विद्यालयमा अहिले ३१  बालबालिका अध्ययन गर्दै आएका छन् । 

Logo