वैदेशिक रोजगारीमा गएकालाई सामाजिक सुरक्षा कोषमा जोड्दा ठूलो राहत पुग्छ -वरिष्ठ उपाध्यक्ष ढकाल

वैदेशिक रोजगारीमा गएकालाई सामाजिक सुरक्षा कोषमा जोड्दा ठूलो राहत पुग्छ -वरिष्ठ उपाध्यक्ष ढकाल


नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदा श्रमिक र तिनका परिवारहरुलाई ठूलो राहत पुग्ने बताएका छन् । 

बुधवार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजित सामाजिक सुरक्षा योजनाको शुभारम्भ  समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिकाई सामाजिक सुरक्षा कोषमा ल्याउने योजनाले आर्थिक रुपमा देशलाई चलायमान बनाउन ठूलो योगदान पुग्ने बताए । 

उनले वैदेशिक रोजगारदाताहरू कोषमा आवद्ध हुन पाउँदा समेत उनीहरुलाई राज्य भएको महशुस पुग्ने विश्वास व्यक्त गरे । उनले वैदेशिक रोजगारमा रहेकाहरुले नेपालमा वार्षिक लगभग १ खर्ब रेमिटेन्स पठाउने गरेको बताए ।  

वरिष्ठ उपाध्यक्ष ढकालले विदेशमा श्रमिकहरुले रगत पसिना बगाएर कमाएर पठाएको रेमिटेन्सले देशको अर्थतन्त्र चलायमान भएकाले सरकारले यस्ता योजना ल्याउनु स्वागतयोग्य रहेको बताए । उनले रेमिटेन्स आउँदा मात्र खुशी हुने सरकारले धेरैपछि वैदेशिक रोजगारदाताहरुको लागि अवश्यक रहेको सामाजिक सुरक्षाको दायित्व पूरा गरेको बताए । 

उनले सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदा  श्रमिक र तिनका परिवारहरुको न्युनतम सुरक्षाको प्रत्याभुति हुने बताए । 

Logo