केन विलियम्सन चोटका कारण आईपीएलबाट बाहिरिए

केन विलियम्सन चोटका कारण आईपीएलबाट बाहिरिए


साविक विजेता गुजरात टाइटन्सका ब्याटर केन विलियम्सन चोटका कारण इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटबाट बाहिरिएका छन् । चेन्नाई विरुद्ध शुक्रबार भएको उद्घाटन खेलमा फिल्डिङका क्रममा विलियम्सन घाइते भएका थिए ।

छक्का बचाउने क्रममा शरीरको सन्तुलन मिलाउन नसक्दा ल्यान्डिङ गर्ने क्रममा उनको दायाँ घुँडामा चोट लागेको थियो । त्यही चोटका कारण विलियम्सन जारी १६औं संस्करणको आईपीएलबाट बाहिरिएका हुन् ।

Logo