कालिञ्चोकमा भेटियो मानव कङ्काल

कालिञ्चोकमा भेटियो मानव कङ्काल


दोलखाको कालिञ्चोक गाउँपालिका १ स्थित भैसे पात्लेखोलामा मानव कंकाल भेटिएको छ ।

पात्लेखोलामा फेला परेको शव सडेगलेको अवस्थामा कपडा र हड्डी केही  भाग मात्रै देखिएको छ। उक्त स्थानमा मालिङ्गो काट्न जाने क्रममा  मङगलबार दिउँसो करिब १ बजे मानव कङ्काल भेटिएकाे स्थानीयहरूले बताएका छन्।

त्याे कङ्काल पोस्टमार्टमको लागि सदरमुकाम चरिकोट पठाइएकाे र  उक्त शवको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ।   
 

Logo