सांसद सिंहको टिप्पणीः बाख्राको बलि दिने देशमा बाघहरु सुरक्षित हुन्छन्

सांसद सिंहको टिप्पणीः बाख्राको बलि दिने देशमा बाघहरु सुरक्षित हुन्छन्


प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले भ्रष्टाचारको जरा राजनीतिक भएको दाबी गरेका छन । 

राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा आएको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक’ माथिको सैद्धान्तिक छलफलमा सांसद सिंहले अख्तियार भ्रष्टचारको कारबाहीको लागि निर्मम हुनु पर्ने भन्दै मुलुकमा राजनीतिक दल र भ्रष्टाचारीलाई कारवाही नभएको टिप्पणी गरे ।  

हिन्दू राष्ट्रमा बाघको बलि नभई बाख्रा र पाठाको बलि दिने गरेको भन्दै ठूला नेताले बाघको जस्तो व्यवहार गरेको उनको तर्क छ । 

पछिल्लो समय राजनीतिक दलमा शक्तिको मनोमानी हावी भएको पनि उनको टिप्पणी छ । 

Logo