#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31999973978983746470923556281
नेपाल678044361741449954

एक सय बीस बोरा मरिचसहित ट्रक नियन्त्रणमा

वीरगन्ज ।

जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार अवैध रुपमा चोरी निकासी गरी भारततर्फ लैजादै गरेको मरिच सहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका वडा नं.१६ ईनर्वा स्थित पुग्दा सुचना अनुसार ना २ ख ९८०२ नं. को ट्रकमा तीन हजार के.जी (१ सय २० बोरा) अबैध मरिच बीरगन्जबाट भारततर्फ जादै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका थिए ।

प्रहरी टोलीलाई देख्ना साथ ट्रकमा लोड रहेको मरिच सोही स्थानमा छाडी तस्करहरु फरार भएको र अबैध मरिच सहित उक्त ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बीरगन्ज भंसार कार्यालयमा पठाइएको पर्सा प्रहरीले जनाएको छ ।
नेपाल समाचारपत्रबाट

सम्बन्धित समाचारहरु