स्वार्णिम वाग्लेले भने- नीति तथा कार्यक्रम परम्पराको निरन्तरता मात्रै भयो

स्वार्णिम वाग्लेले भने- नीति तथा कार्यक्रम परम्पराको निरन्तरता मात्रै भयो


राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारबाट जारी  नीति तथा कार्यक्रम परम्पराको निरन्तरता मात्रै भएको टिप्पणी गरेका छन्।
 
नीति तथा कार्यक्रम बारे टिप्पणी गर्दै सांसद् वाग्लेले नविनता,उर्जा र महोत्वकांक्षाको पक्षबाट हेर्दा नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज बाहेक केही नभएको बताए। 

उनले भने,‘अहिलेको नीति तथा कार्यक्रम परम्परा धान्नलाई ल्याईएको दस्तावेज हो । र, यो परम्परा धानिएको पनि छ । नविनता, उर्जा र महोत्वकांक्षा ईत्यादीका दृष्टिकोणबाट हामीले अझ राम्रो गर्न सक्थ्यौँ । तर, त्यस्तो हुन सकेन । नीति तथा कार्यक्रम बिगजतमा जस्तो थियो, अहिले पनि उस्तै देखिएको छ।’ 

Logo