प्रधानमन्त्री प्रचण्डले जेठ १७ देखि २० गतेसम्म भारतको भ्रमण गर्ने

प्रधानमन्त्री प्रचण्डले जेठ १७ देखि २० गतेसम्म भारतको भ्रमण गर्ने


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ १७ देखि २० गतेसम्म भारतको भ्रमण गर्ने भएका छन्।  

भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्ने भारतीय विदेश मन्त्रालयले निकालेको विज्ञप्तिले उल्लेख छ। उनीहरुबीच द्वीपक्षीय हितका विषयमा छलफल हुनेछ।

प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा औपचारिक भ्रमणमा जान लागेका हुन्। औपचारिक कार्यक्रम र भेटघाटका अतिरिक्त प्रधानमन्त्री प्रचण्डले उज्जैन र इन्दौरको पनि भ्रमण गर्ने तालिका रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

Logo