फास्ट ट्रयाकसम्बन्धि राखिएको बजेट रक्षा मन्त्रालयमा पठाउन सांसद महासेठको माग

फास्ट ट्रयाकसम्बन्धि राखिएको बजेट रक्षा मन्त्रालयमा पठाउन सांसद महासेठको माग


नेकपा एमालेका सचिव तथा सांसद रघुवीर महासेठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयभित्र फास्ट ट्रयाक सम्बन्धि राखिएको बजेट रक्षा मन्त्रालयमा पठाउन माग गरेका छन् ।  

बुधबारको प्रतिनिधिसभामा बजेट माथिको छलफलमा सांसद महासेठले फास्ट ट्रयाक भौतिक पूर्वाधार मन्त्रालयले अनुगमन गरि टिकाटिप्पणी समेत गर्न नपाउने भन्दै यसको जिम्मेवारी रक्षा मन्त्रालयलाई नै दिनुपर्ने बताएका हुन् । 

उनले भने,‘फास्ट ट्रयाकमा भौतिक पूर्वाधार मन्त्रालयको कुनै रोल हुँदैन । अनुगमन गरी हेर्न पाउँछ तर गलत सही टिकाटिप्पणी गर्न पाउँदैन । भौतिक मन्त्रालयभित्र राखिएका फास्ट ट्रयाक सम्बन्धि जति बजेट छ, त्यो रक्षा मन्त्रालयमा पठाइयोस् । जब भौतिक मन्त्रालयको त्यहाँ रोल नै हुँदैन, भौतिक मन्त्रालयमा किन पैसा पठाउनुपर्यो ?’

उनले फास्ट ट्रयाक नेपाली सेनाले बनाउँन सक्छ कि सक्दैन भन्ने विषयमा सत्तापक्ष र प्रतिपक्षले छलफल गर्नुपर्ने बताए । जन्मसिद्ध नागरिकको छोराछोरीलाई नागरिकता दिनेगरी विधेयक ल्याउन सरकारसँग माग समेत गरे ।

Logo