शशांक कोइरालाकाे प्रश्रः काँग्रेस क्रियाशील सदस्य केन्द्रबाट दिँदै छौँ की वडाबाट ?

शशांक कोइरालाकाे प्रश्रः काँग्रेस क्रियाशील सदस्य केन्द्रबाट दिँदै छौँ की वडाबाट ?


नेपाली काँग्रेसका डा. शशांक कोइरालाले क्रियाशील सदस्य बढाएर मात्र पार्टी संगठित नहुने बताएका छन् । 

काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा आइतबार आफ्नो धारण राख्दै केन्द्रीय सदस्य कोइरालाले अब राम्रो मानिस चुनेर संगठन विस्तार गर्नतर्फ लाग्नुपर्ने बताए । उनले भने, ‘अब हाम्रो बाटो के हो ? हामीले कस्तो खालको क्रियाशील दिँदै छौं ? केन्द्रबाट हो की वडाबाट हो ? क्रियाशील सदस्य बढाएर मात्र पार्टी संगठित हुदैन । तब सम्म हुँदै जब भित्रबाट नै नेपाली कांग्रेसको नीति ठीक हो भनेर लाग्दैन । त्यसैले बढाउन तर्फ भन्दा पनि राम्रो मान्छे चुनेर राखौं ।’ 

जिल्ला सभापति भन्दा पनि वडा अध्यक्षहरुको लागि को के हो कस्तो हो भनेर काम गर्नसक्छ सक्दैन भनेर हेर्न आवश्यक भएको उनको भनाई छ । कोइरालाले सत्ता र सरकारमा पुग्नु मात्र नेपाली कांग्रेसको लक्ष्य नभएको  पनि बताए । 

Logo