चिनियाँ विदेशमन्त्री काङ बर्खास्त

चिनियाँ विदेशमन्त्री काङ बर्खास्त


चिनियाँ विदेशमन्त्री छिङ काङ बर्खास्त भएका छन् ।

गत जुन २५ बाट सार्वजनिक जीवनमा नदेखिएका विदेशमन्त्री काङलाई राष्ट्रपति सी चिन फिङले बर्खास्त गरेका हुन् । अमेरिकी जासुसीहरूसँग नियमित सम्पर्कमा रहेको आशंकापछि चिनियाँ जनमुक्ति सेनालाई उनीमाथि अनुसन्धान गर्न निर्देशन दिइएकाे थियाे । त्यसपछि प्राप्त प्रतिवेदनको आधारमा काङलाई विदेशमन्त्रीबाट बर्खास्त गरिएको हो। 

योसँगै राष्ट्रपति सीले फेरि वाङ यीलाई नयाँ विदेशमन्त्रीमा नियुक्त गरेका छन्। नेपाल मामिलाका पनि जानकार मानिने वाङ भने दोस्रो पटक परराष्ट्रमन्त्री बनेका हुन्। उनी यसअघि २०१३ देखि २०२२ को डिसेम्बरसम्म परराष्ट्रमन्त्री थिए। गत डिसेम्बरमा वाङपछि काङले नै परराष्ट्र मन्त्रालय सम्हालेका थिए।

Logo