संसदको अवरोध खोल्न भएको छलफल सकारात्मक भयाेः प्रधानमन्त्री

संसदको अवरोध खोल्न भएको छलफल सकारात्मक भयाेः प्रधानमन्त्री


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको अवरोध खोल्ने विषयमा आज भएको छलफल सकारात्मक भएको बताएका छन् । 

आइतबार आफैंले बोलाएको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले छलफल सकरात्मक भएको र अब भोलिको बैठकमा सहमति जुट्ने विश्वास व्यक्त गरे । 

प्रमुख प्रतिपक्ष दलको नेता केपी शर्मा ओली अस्वस्थ भएकाले आजको बैठकमा ठोस सहमति नभएको र भोलिको बैठकमा समझदारी बन्ने उनको दाबी छ । उनले भने,‘बैठकमा छलफल सदनमा भएका राष्ट्रिय पार्टीका नेताहरुको बीचमा राम्रो भएको छ । प्रमुख प्रतिपक्ष दलको नेता अस्वस्थ भएकोले आउनु भएन, भोली फेरि बसेर समझदारी बनाउने भन्ने भएको छ । छलफल सकारात्मक छ ।’ 

Logo