फुटबलर विमल घर्तीमगरले प्रेमिका लिनासँग कसे लगनगाँठाे

फुटबलर विमल घर्तीमगरले प्रेमिका लिनासँग कसे लगनगाँठाे


नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगर बैबाहिक बन्धनमा बाँधिएका छन् । उनले भद्रकाली मन्दीरमा आफ्नी प्रेमिका लिना प्रधानसँग विवाह गरेको सामाजिक सञ्जालमार्फत फोटो सार्वजानिक गरेका छन्।

विमलले आइतबार काठमाडौंको भद्रकाली मन्दिरमा परिवारजनको उपस्थितिमा सामान्य तरिकाले विवाह गरेको बताइएको छ । लिना र विमलबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो। उनले एएफसी कप छनोटको प्लेअफ अन्तर्गत पारो एफसीविरुद्ध प्लेयर अफ द म्याच बनेपछि लिनालाई नै गोल समर्पण गर्दै खुसी साँटेका थिए।

उनले शुक्रबारबाट केही दिनका लागि राष्ट्रिय टिमको क्लोज क्याम्पबाट विदा लिएका थिए।

Logo