समितिहरुलाई पारदर्शी बनाउन संसदीय समितिका सभापतिहरूलाई सभामुखको आग्रह

समितिहरुलाई पारदर्शी बनाउन संसदीय समितिका सभापतिहरूलाई सभामुखको आग्रह


सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्र्तगतका नवनिर्वाचित संसदीय समितिका सभापतिहरूलाई समितिहरुलाई पारदर्शी बनाएर लैजान आग्रह गरेका छन् । 

बुधबार सिंहदरबारस्थित कानून समितिको हलमा नवनिर्वाचित सभापतिहरूसँग छलफल कार्यक्रममा सभामुख घिमिरेले समितिको काम कारवाहीसहित विषयमा छलफल गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् । उनले भने, ‘समितिहरुलाई प्रभावकारी बनाएर लान सबैले आफ्नो आफ्नो ठाउँबाट काम गर्नुपर्छ । त्यसको लागि छलफल गर्दै अगाडि बढ्नु पर्छ ।’ 

प्रतिनिधिसभाका सबै दश समितिका सभापतिहरू भदौ ११ गते सर्वसम्मतिबाट निर्वाचित भएका थिए । 

सभापतिहरुले देशको आर्थिक अवस्था नाजुक भएको समयमा आफुहरुले देशलाई साक्षी राखेर काम गर्ने बताएका छन् । उनीहरुले भनेका छन्, ‘आर्थिक अवस्था नाजुक छ । र निर्यात कमजोर छ । यसबाट पार पाउन देशलाई साक्षी राखेर काम गर्नु पर्ने अवस्था भएको हुनाले हामीले काम गर्ने विषयमा छलफल गरेका छौँ ।’ 

Logo