सुन तस्करी प्रकरणः पक्राउ परेका ३२ जनालाई म्याद थपका लागि लगियो अदालत

सुन तस्करी प्रकरणः पक्राउ परेका ३२ जनालाई म्याद थपका लागि लगियो अदालत


झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनालाई म्याद थपका लागि अदालत लगिएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ परेका ३२ जनालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगेको हो । पक्राउ पर्नेमा २३ जना नेपाली र नौ जना विदेशी रहेका छन् । उनीहरुमाथि अनुसन्धान गर्न यसअघि पनि म्याद थपिएको थियो । 

गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा सिआइबीलाई दिएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम पुगेकोे थियो ।

Logo