घलेम्दी हाइड्रोको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

घलेम्दी हाइड्रोको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने


घलेम्दी हाइड्रो लिमिटेडका हकप्रद सेयरमा आइतबारदेखि आवेदन दिन सकिनेछ। 

कम्पनीले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो। १ अर्ब १० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।

कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ २ कित्ता सेयर निष्काशन गर्न लागेको हो। कम्पनीको हकप्रद सेयरमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ।

Logo