डेनमार्ककी महारानी मार्गरेट द्वितीयले गरिन् राजगद्दी परित्यागको घोषणा

डेनमार्ककी महारानी मार्गरेट द्वितीयले गरिन् राजगद्दी परित्यागको घोषणा


डेनमार्ककी महारानी मार्गरेट द्वितीयले राजगद्दी परित्यागको घोषणा गरेकी छिन्। नयाँ वर्ष सा् २०२४ को पूर्वसन्ध्यामा आइतबार भाषणको क्रममा रानीमार्गरेटले आउँदो जनवरी १४ मा पद छोड्ने बताएकी हुन्। 

८३ वर्षीया महारानी मार्गरेटले पद त्यागपछि सोही दिन आफ्नो छोरा राजकुमार फ्रेडरिकलाई सिंहासन छोड्ने घोषणा समेत गरेकी छिन्। ८४ वर्षीया वृद्ध भएकी उनले अप्रत्याशित निर्णयको कारणको रूपमा आफ्नो उमेर र स्वास्थ्य समस्याहरूलाई औंल्याएकी छिन्। 

‘अब दुई हप्ताको अवधिसम्म मात्र  म डेनमार्कको रानी हुनेछु,’ मार्गरेटले भनिन्,  उनले सन् १९७२ मा आफ्ना पिता राजा फ्रेडरिक नवौँको मृत्यु पछि सिंहासन ग्रहण गरेकी थिइन्। सन् २०२३ को सुरुमा आफ्नो ढाडको शल्यक्रियापछि उनले समयको सोचविचार पछि यो निर्णय गरेको खुलासा गरेकी हुन्। उनले भनिन्, ‘मैले जो निर्णय गरेको छु,अहिले नै सही समय हो।’ उनले वर्षौँदेखिको समर्थन र साथका लागि डेनमार्कका जनतालाई धन्यवाद समेत व्यक्त गरेकी छिन्। 

Logo