आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि मनाईंदै

आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि मनाईंदै


काठमाडौं ।
आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने नाराका साथ मनाईंदैछ । विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा मे ३ का दिन मनाउन थालिएको हो ।

यसवर्षको विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस कोरोनाका कारण विगतका जस्तो भौतिकरुपमा सहभागी भइ कार्यक्रम गर्ने अवस्था भने छैन । तैपनि डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन प्रसारणमार्फत् दिवस मनाइँदैछ ।

यसै सन्दर्भमा नेपाल पत्रकार महासंघले आज दिउँसो १ बजे विशेष डिजिटल संवाद कार्यक्रम गर्दैछ । सो कार्यक्रम मार्फत दक्षिण एशियाको प्रेस स्वतन्त्रता अवस्थाबारे अन्तराष्ट्रिय पत्रकार महासंघ (आईएफजे) को अनुगमन प्रतिवेदन सार्वजनिक गर्ने महासंघले जनाएको छ ।

महासंघका अनुसार ०७६ सालमा प्रेस स्वतन्त्रता हननका ६० वटा घटना भएका छन् । घटनामा ९४ पत्रकार तथा तीनवटा सञ्चार संस्था पीडित भएका महासंघले जनाएको छ । यता सरकारले पनि संचार माध्ययमलाई सधैं शत्रुवत व्यवहार गर्ने गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक जसो सम्बोधनमा संचारकर्मीलाई सरकारको विरुद्ध उत्रिएको आरोप लगाउने गरेका छन् । यो महामारीमा पनि संचारकर्मीले कसरी काम गरेका छन् भन्ने सम्म कहिल्यै नसोच्ने सरकारले आगामी दिनमा झन कस्तो नीति अपनाउला त्यो सोचनिय बनेको छ ।

Logo