आज पनि प्रतिनिधिसभा बैठक कांग्रेसद्वारा अवरुद्ध

आज पनि प्रतिनिधिसभा बैठक कांग्रेसद्वारा अवरुद्ध


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वाग्रहपूर्ण ढंगले संवैधानिक आयोगलाई दबावमा पारेर दलका उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा दायर गरेको भन्दै शुक्रबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गरेको छ ।

प्रतिनिधि सभाकाे बैठक सभामुखले ३० मिनेटका लागि स्थगित भएकाे जनाकारी गराएका हुन् ।  यसअघि सिंहदरबारमा बसेको दलको बैठकले सरकारले सुनियोजित ढंगले स्वतन्त्र आयोगलाई दबाव दिएर पूर्वाग्रह प्रेरित भइ मुद्दा अगाडि बढाएको भन्दै शुक्रबारको संसद बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेको थियो ।

 

Logo