हिमपातका कारण बेपत्ता भएका १२ जना परिवारकाे सम्पर्कमा

हिमपातका कारण बेपत्ता भएका १२ जना परिवारकाे सम्पर्कमा


जुम्ला– जडिबुटी खोज्न जाँदा बेपत्ता भएका जुम्लाको तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना परिवारकाे सम्पर्कमा आएका छन् ।

उनीहरूकाे खोजी गर्न गृह मन्त्रालयले हेलिकोप्टर पठाउने तयारी गरिरहेकाे बेला परिकारकाे सम्पर्कमा आएकाे हुँदा हेलीकाेप्टर रद्ध गरिएकाे जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी  प्रमुख जिल्ला अधिकारी देबेन्द्र श्रेष्ठले जानकारी दिए ।

बिहानै हेलीकाेप्टर पठाउने तयारी भएपनि हुस्सुको कारण हेलिकोप्टरले उडान भर्न नसकेकाे बेला बेपत्ता भएकाहरू सम्पर्कमा आएकाे हुँदा हेलीकाेप्टर रद्ध गरिएकाे सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।

Logo