नेकपाको प्रचण्ड-नेपाल पक्षका सांसद छलफलमा

नेकपाको प्रचण्ड-नेपाल पक्षका सांसद छलफलमा


काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका निवर्तमान सांसदहरुको भेला नयाँ बानेश्वरमा शुरु भएको छ।

संसद भवनस्थित लोत्से हलमा भेला सुरु भएको हो । सो भेलामा प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल लगायत शीर्ष नेता सहभागी छन्।

आज बिहान नेकपाका आफू निकटका सांसदहरुसँग प्रधानमन्त्री केपी ओलीले पनि छलफल गरेका थिए । अहिले ३ बजे उनले देशवासीको नाममा सम्बोधन गर्दैछन् ।

Logo