बम राखेको हल्लापछि एयर इन्डियाको विमान आकस्मिक अवतरण

बम राखेको हल्लापछि एयर इन्डियाको विमान आकस्मिक अवतरण


एजेन्सी । बम राखेको सूचना आएपछि एयर इन्डियाको विमान आकस्मिक अवतरण गराईएको छ । मुम्बईबाट न्यूयोर्क जाँदै गरेको एयर इन्डियाको विमानमा बम राखेको खबर आएपछि लण्डनमा आकस्मिक अवतरण गराईएको हो ।

मुम्बईबाट न्यूयोर्क उडिरहेको एआई १९१ विमानमा बम राखेको सूचना आएपछि आकस्मिक रुपमा लण्डनको स्टैनस्टेड विमानस्थलमा अवतरण गराइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आकस्मिक अवतरणबारे एयर इन्डियाले ट्वीटर मार्फत जानकारी दिएको थियो । तर अहिले उक्त ट्वीट हटाईएको छ ।

Logo