बालुवा लिन गएको ट्याक्टर पल्टिदाँ तीन विद्यार्थीको मृत्यु

बालुवा लिन गएको ट्याक्टर पल्टिदाँ तीन विद्यार्थीको मृत्यु


अछाम । अछाममा ट्याक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । से १ त ७८३८ नम्बरको ट्याक्टर चौरपाटी गाउँपालिका २ मा आज विहान दुर्घटना भएको हो ।

दुर्घटनामा परी १६ वर्षीय रमेश साउद, १५ वर्षीया काली साउद र १५ वर्षीया लक्ष्मी साउदको ज्यान गएको अछाम प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा उत्तम साउद, लक्ष्मी साउद, मान बहादुर भुल र सरस्वती साउद रहेका छन् । उनीहरु सबै स्थानीय दशपल्ले मावि सोकटका विद्यार्थी हुन् ।

बालुवा लिन जाने क्रममा ट्याक्टरको अगाडिको भाग पल्टिँदा च्यापिएर उनीहरुको ज्यान गएको अछाम प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिए । ट्याक्टरमा ३०–४० विद्यार्थी चढेका थिए । विद्यालय गइरहेका बेला बाटोमा ट्याक्टर भेटिएपछि चढेको विद्यार्थीहरुले बताएका छन् ।

ट्रयाक्टर दुर्घटनामा तीन जनाको मृत्यु

Logo