दशगजाको बाँधले दर्जन बढी नेपाली गाउँ डुबानमा

दशगजाको बाँधले दर्जन बढी नेपाली गाउँ डुबानमा


बाँके,

भारतले दशगजामा एकतर्फी बनाएको सडकजस्तो बाँधका कारण नेपाली भूभाग डुबानमा परेका छन् । शनिबार रातीदेखि परेको पानीका कारण जिल्लाको पूर्वी–दक्षिणी सीमावर्ती गाउँहरू डुबानमा परेका हुन् । पानीको निकासलाई भारतले एकतर्फी बनाएको सडकजस्तो बाँधले रोकेपछि सीमावर्ती नेपाली गाउँहरू डुबानमा परेका हुन् ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष मो इस्तियाक अहमद शाहले भारतले दशगजासँग सटाएर बनाएको सडकजस्तो बाँधका कारण पानीको निकास नहुँदा एक दर्जन गाउँका सय बढी घरहरू डुबानमा परेको बताए । उनका अनुसार, नरैनापुरको बनियागाउँ, महतनियाँ, मझेरटी, मियाँपूर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहाबपूर्वा, रोशनपूर्वा गाउँहरू डुबानमा परेका छन् । यी गाउँका सय बढी घरहरू डुवानमा परेको र एक दर्जन भत्किएको गाउँपालिकाका अध्यक्ष शाहले जानकारी दिनुभयो ।

वर्षाले पुल, कल्भर्टको दुवैतिर कटान गरेको छ । धेरै घरभित्र पसेको इलाका प्रहरी कार्यालय, भोजभगवानपुरका इन्चार्ज वीरेन्दवीर विश्वकर्माले बताउनुभयो । गाउँपालिकाको वडा नं. १, कटकुइयास्थित वडा कार्यालयमा पानी पसेको छ । गाउँपालिकाका अध्यक्ष शाहको टोलीले बाढीप्रभावित ठाउँको अवलोकन गरेको छ ।
नेपाल समाचारपत्रबाट

Logo