कांग्रेसले दोस्रो चरणअघि सबै संरचना बनाउने

कांग्रेसले दोस्रो चरणअघि सबै संरचना बनाउने


काठमाडौं,

नेपाली कांग्रेसले भदौ २४ गतेदेखि शुरु हुने जागरण अभियानको दोस्रो चरण प्रवेशपूर्व नै संविधान र पार्टीको संशोधित विधान बमोजिमको सम्पूर्ण संरचना बनाउने भएको छ । उक्त अभियानबारे जानकारी दिन बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्व प्रकाश शर्माले उक्त जानकारी दिनुभएको हो ।

कांग्रेसको संघीय संरचना अनुसार संशोधित विधानमा तल्लो तहमा पनि कार्यसम्पादन समितिलगायत अन्य समिति बनाउनु पर्नेछ । उक्त अभियानका क्रममा कार्यकर्ताले तल्लो तहको अधिवेशन छिटो गर्नुपर्ने सुझाव दिएका थिए । काँग्रेसले विधान अनुसार केन्द्रीय विभागहरु पनि गठन गरेको छैन ।

पहिलो चरण अन्तर्गत ‘एकमहिने हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ सम्पन्न गरेको कांग्रेसले उक्त चरणमा आम कार्यकर्ताले विधान अनुसार पार्टी संरचना नबनाइएकाले नेतृत्वको चर्को आलोचना गरेका थिए । कांग्रेसको विधानमा टोल, गाउँ/नगर वडा, गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका र महानगरपालिका, प्रदेश क्षेत्रीय, प्रतिनिधिसभा क्षेत्रीय र प्रदेश कार्यसमिति हुनुपर्ने उल्लेख छ ।
नेपाल समाचारपत्रबाट

Logo