प्राइम लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी प्रक्रिया अब अनलाइनबाटै

प्राइम लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी प्रक्रिया अब अनलाइनबाटै


काठमाडौं ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरुको बीमा शुल्क भुक्तानी अबदेखि अनलाइनबाट नै हुने भएको छ । कम्पनीले आज एक समारोहका वीच नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) सँग कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस लगायतको सेवा विस्तारको लागि सम्झौता गरेको छ ।

आज भएको सम्झौतामा प्राइम लाइफका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई तथा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) का तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

अनलाइन सेवा सुरु भएसँगै अब बीमितहरु कार्यालयसम्म आउनु नपर्ने झन्झटको अन्त्य भएको छ । अब बीमितहरुले घरमै बसेर बीमा शुल्क लगायतको भुक्तानी गर्न सक्नेछन् भने अन्य सम्बद्ध पक्षहरुले समेत भुक्तानी प्राप्त गर्न सक्ने भएका छन् ।

ग्राहकहरुलाई छिटो, छरितो सहज तथा विश्वसनिय सेवा प्रदान गर्दै आइरहेको प्राइम लाइफले थप सुविधास्वरुप घरमै बसि सुरक्षित रुपमा भुक्तानीका विविध सेवा सुविधा प्राप्त गर्न सक्ने भएका छन् ।

कम्पनीका ग्राहकहरुले इसेवा, फोनपे, खल्ति जस्ता एप्सबाट समेत घरमै बसि अनलाइन सेवामार्फत बीमाशुल्क लगायतको भुक्तानी गरिरहेकोमा कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएसमार्फत समेत बीमाशुल्क भुक्तानी गर्न सक्ने भएका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हालको विषम परिस्थितिमा ग्राहकहरुमा डिजिटल भुक्तानी सुविधा प्रदान गरि प्रभावकारी सेवा दिने तथा आगामी दिनमा कम्पनीले ग्राहकहरुमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा बताएका छन् । यस कम्पनीले देशभरमा विभिन्न १ सय ५० भन्दा बढी स्थानहरुबाट छिटो तथा सहज जीवन बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।

Logo