मकवानपुरमा अनौठो जनावर, मूल्य १० लाख रुपैयाँ (भिडियो रिपोर्ट)

मकवानपुरमा अनौठो जनावर, मूल्य १० लाख रुपैयाँ (भिडियो रिपोर्ट)


(रामजी बलामी)

मकवानपुरको पर्यटकीय गन्तव्य चित्लाङको बारेमा धेरैलाई थाहा हुन सक्छ । तर, त्यही चित्लाङमा एउटा यस्तो जनावर पालिएको छ त्यसको बारेमा भने कमैलाई मात्रै थाहा होला ।

मकवानपुरको थाहा नगरपालिका वडा नम्वर १० मा पर्ने बिसिङखेल भन्ने ठाउँमा यो जनावर पालिएको छ । झट्ट हेर्दा यो जीव ऊँट जस्तो देखिन्छ भने नियालेर हेर्दा भेडा र घोडाको प्रजाति जस्तो देखिन्छ । घाँटी र टाउको ऊँट जस्तो देखिन्छ । यसको हिडाई पनि ऊँट जस्तै छ । रौँ हेर्दा भेडा जस्तो देखिन्छ । पुच्छर भने घोडाको जस्तो देखिन्छ । तर यो जिव ऊँट, घोडा वा भेडामध्ये कुनै पनि होईन । यो अचम्मको जीव हो अल्पका ।

यो जीवलाई पहिलो पटक जर्मनी नागरिक हार्टमुट बाउन्डरले नेपालमा भित्र्याएका थिए । उनले शुरुमा दोलखाको जिरीमा सौखका लागि यो जीव पालेका थिए । मकवानपुरको बिसिङखेलमा २ बर्षदेखि अल्पका पालिँदै आएको छ । अनौठो लाग्ने यो जीवको स्वभाव पनि अनौठो खालको छ।

विस्तृत रिपोर्ट भिडियोमा हेर्नुहोस् 

Logo