पशुपतिमा वर्षाको बर्थडे, अशक्त र बादरहरुलाई विस्कुट

पशुपतिमा वर्षाको बर्थडे, अशक्त र बादरहरुलाई विस्कुट


नेपाली फिल्म इन्डस्ट्रीकी क्युट अभिनेत्री वर्षा सिवाकोटीको आज जन्मदिन परेको छ । सिवाकोटीको २६ औं जन्मदिन हो । सिवाकोटीले फिल्म ‘नाई नभन्नु ल २’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी हुन् ।

उनी अभिनित फिल्म ‘पशुपति प्रसाद’ ले भने एक समय तहल्का नै मच्चायो । उक्त फिल्मले घरेलु बक्स अफिसमा ब्ल्कबस्टर नै भएको थियो । जन्मदिनको अवसर पारेर आज वर्षाले बिहान पशुपतिनाथको दर्शन गरेकी छन् ।

तस्बिरः वर्षा सिवाकोटीको फेसबुकबाट ।

सो तस्विरहरु उनले आफ्नो फेसबुकमा शेयर गरेकी छन् । तस्विरमा उनी बाँदरलाई बिस्कुट बाड्दै गरेको अवस्थामा तस्विर खिचाएकी छन् । उनले पशुपति क्षेत्रमा रहेका असाहय, असक्तहरुलाई विस्कूट दिएकी छन् । सार्वजनिक तस्विरमा उनी निलो लुगामा निकै खुलेकी छन् ।

हाल वर्षा पछिल्लो फिल्म ‘विर बिक्रम २’ को सुुटिङमा नै व्यस्त रहेको छिन् । सिवाकोटीले पुरानो बुलेट, पशुपति प्रसाद लगायतको फिल्ममा अभिनय गरिसकेकी छन् ।

Logo