अष्ट्रेलिया: सवारी दुर्घटनामा फेरि एक नेपालीको मृत्यु, ४ जना घाइते

अष्ट्रेलिया: सवारी दुर्घटनामा फेरि एक नेपालीको मृत्यु, ४ जना घाइते


काठमाडौं । अष्ट्रेलियामा सवारी दुर्घटनामा फेरि एक नेपालीको मृत्यु भएको छ । सिड्नीबाट अल्बरीतर्फ गइरहेको गाडी दुर्घटनामा पर्दा आर्यन आचार्यको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामापरी ४ नेपाली घाइते भएका छन् ।

न्यू साउथ वेल्स प्रहरीका अनुसार आचार्य पाँच जना सवार कारको अघिल्लो सिटमा बसेका थिए । ह्युम हाइवेको मुलेनगन्ड्रा भन्ने ठाउँ नजिक उनीहरु सवार गाडी तीव्र गतिमा रूखसँग ठोक्किएर पल्टिएको थियो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका कार चालक बलराम पराजुलीलाई अल्बरी अस्पतालमा उपचार हुन नसकेपछि क्यानबेरा लगिएको छ । अभिषेक घिमिरे, रोशन भेटवाल र विज्ञान सुवेदीको अल्बरी अस्पतालमा उपचार भइरहेको छ ।

गम्भीर घाइते चालक पराजुलीलाई हेलिकोप्टरमार्फत् अस्पताल लगिएको थियो । प्रहरीले घटनासम्बन्धी छानविन शुरु गरेको छ । यसअघि गत २३ मार्चमा सिड्नीको पारामाटामा नेपाली विद्यार्थी सौहार्द पाण्डे मृत फेला परेका थिए ।

Logo