बर्डफ्लु प्रभावित क्षेत्रका ४१ हजार ७६५ कुखुरा आज नष्ट गरिने

बर्डफ्लु प्रभावित क्षेत्रका ४१ हजार ७६५ कुखुरा आज नष्ट गरिने


हेटौँडा
हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीको विभिन्न स्थानमा बर्डफ्लु रोगबाट प्रभावित कुखुरालाई नष्ट गरिने भएको छ ।

स्थानीय नागस्वती क्षेत्रका विभिन्न स्थानमा कृषकले पालन गरेका ठूला कुखुरा र साना चल्ला गरी ४१ हजार ७६५ पशुपक्षीलाई चैत २ गते ( आज शनिबार) बिहान ९ बजेदेखि काठमाडौँबाट आएका चिकित्सकको प्राविधिक टोलीले नष्ट गरी खाल्टोमा पुर्ने तयारी गरिएको जिल्ला पशुसेवा कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त आकस्मिक बैठकले कृषकले पालन गरेका ठूला कुखुरा र साना चल्ला नष्ट गरिँदा ती कृषकलाई राहतस्वरुप अनुदान प्रदान गर्न जिल्ला पशुसेवा कार्यालयका प्रमुख चिकित्सक डा चेतनाथ खरेलको संयोजकत्वमा मूल्य निर्धारण गर्ने पाँच सदस्यीय कार्यदल गठन गरिएको छ ।

Logo