हजुरआमाको ब्वायफ्रेण्डद्वारा ११ वर्षकी बालिका बलात्कृति

हजुरआमाको ब्वायफ्रेण्डद्वारा ११ वर्षकी बालिका बलात्कृति


एजेन्सी । महिला तथा बालिका बलात्कारका घटना बढ्दो क्रममा छ । यो संसारबाट दिनप्रति बढिरहेको छ । यस्ता घटनाले अपराधको नयाँ नयाँ स्वरुप जन्माईरहेको छ । अर्को शब्दमा भन्नुपर्दा मानिसमा अपराधिक मनोवृति दिनप्रति बढ्दै गएको छ ।

बलात्कार जन्य घटनामा एकदमै क्रुर तथा निर्ममता पनि अपनाईएको देखिन्छ । दक्षिण अमेरिकी देश अर्जेन्टिनामा हालै एउटा निकै दर्दनाक घटना सार्वजनिक भएको छ ।

उत्तरी अर्जेन्टिनाको टुकुम्यान प्रान्तका एकजना ६५ वर्षका वृद्धले आफ्नै प्रेमिकाकी ११ वर्षीया नातिनीमाथि बलात्कार गरेका छन् । आफ्नै हजुरआमाको ब्वायफ्रेण्डबाट बलात्कृति ति बालिका गर्भवती बनिन् । र अन्ततः उनले २३ हप्तामा बच्चा जन्माईन् । ति बृद्धले बालिकामाथि आक्रमण गरी बलात्कार गरेका थिए ।

ती बालिकाले अस्पतालमा आफै गएर आफ्नो पेटमा रहेको गर्भ निकालिदिन अनुरोध गरिन् । तर कानूनी रुपमा अभिभावकको स्विकृतिको अभावमा अस्पतालले गर्भपतन गर्न मानेन ।

कानून अनुसार अभिभावकको स्विकृति बिना अवैध रुपमा रहेको गर्भलाई पतन गर्न पाईदैन । २३ हप्ताको गर्भ पतन गर्नु बालिकाको स्वास्थ्यका लागि खतरनाक हुने भन्दै डाक्टरहरुले गर्भपतन गराउन अस्विकार गरेका थिए । अन्ततः ती बालिकाको शल्यक्रिया गरेर बच्चा निकालियो ।

Logo