काँग्रेसको छाया सरकारमा पनि गुट

काँग्रेसको छाया सरकारमा पनि गुट


काठमाडौँ
आ–आफ्नो रुचिको मन्त्रालय तोकेर संसदीय दलमा बुझाउन सर्कुलर गरेको महिना दिन बित्दा पनि कांग्रेसले सूची पाएन । नामावली नपाउँदा उसले ‘छायाँ सरकार’ गठन गर्न सकेको छैन । सरकार पाइलैपिच्छे स्वेच्छाचारी काम गर्न थालेको आरोप लगाउँदै कांग्रेस संसदीय दलको पुस २७ को बैठकले छाया सरकार गठन गर्ने निर्णय गरेको थियो।

सरकारका सबै मन्त्रीमाथि निगरानी गर्ने गरी प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्ना सांसदलाई खटाउने गरी छाया सरकार बनाउने निर्णय गरेको हो । तर अझै छाया सरकार गठन भने भएको छैन । कांग्रेसको पहिलो संसदीय दलको बैठकले छाया सरकार बनाउने निर्णय गरेको थियो ।

यता कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण भने संघीय सांसदको रुचि, संसदीय दलमा संकलन भइसकेको र चाँडै गठन हुने बताउँछन् । खाँणले हरेक मन्त्रालय हेर्नेगरी सम्बन्धित मन्त्रालयगत विषयको जानकार सांसदको विज्ञ समूह बनाउने र त्यसले सरकारको काम कारबाहीको निगरानी गर्ने योजना कांग्रेसको हो। ‘हामीले बाहिर हल्ला भएजस्तो सरकारकै स्वरूप अनुसार भन्दा समूह बनाएर कामको निगरानी गर्ने कि भन्नेमा सल्लाह गरिरहेका छौं’, उनले भने ।
अन्नपूर्णबाट

Logo