२१ कम्पनीको ३ अर्ब १२ करोडको आइपीओ निष्काशन हुँदैं

२१ कम्पनीको ३ अर्ब १२ करोडको आइपीओ निष्काशन हुँदैं


काठमाडौं । सेयर बजारमा लगानी गर्न चाहनेलाई २१ कम्पनीको ३ अर्ब १२ करोडको आईपीओ निष्काशन हुँदैंछ । प्रतिकित्ता सय रुपैयाँ अंकित दरले ३ अर्ब १२ करोड ४१ लाख ५७ हजार १ सय रुपैयाँ बराबरको आइपीओ निष्काशन हुन लागेको हो ।

नेपाल धितोपत्र बोर्डमा २१ वटा विभिन्न कम्पनीले ३ करोड १२ लाख ४१ हजार ५ सय ७१ सेयर कित्ताको सेयर निष्काशको अनुमति माग्दै आवेदन दिएका छन् । जसमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् । १५ वटा जलविद्युत कम्पनी, ४ वटा माइक्रो फाइनान्स, एउटा मर्चेन्ट बैंकिङ र एउटा इनभेष्टमेन्ट फण्ड रहेको छ ।

निष्काशनको पर्खाइमा रहेका मध्ये सबैभन्दा बढी युनिभर्सल पावर कम्पनीको सेयर रहेको छ । कम्पनीले ९६ करोड ६१ लाख ६१ हजार रुपैयाँ बराबरको ९६ लाख ६१ हजार ६ सय १० कित्ता आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

यस्तै घलेम्दी हाइड्रोपावरले १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ५५ हजार ७७० कित्ता सेयर निष्काशनको माग गर्दै आवेदन दिएको छ । सिईडिबी हाईड्रो फण्डको २२ लाख ८९ लाख ३० हजार रुपैयाँ बराबरको २२ लाख ८९ हजार ३ सय कित्ता सेयर निष्काशनको माग गरिएको छ ।

त्यस्तै सयपत्री हाईड्रो पावरमा स्थानीयको लागि ३ करोड रुपैयाँको ३ लाख कित्ता, आशा लघुविक्त वित्तिय संस्थाको ६ करोड रुपैयाँको ६ लाख कित्ता, जनसेवी लघुवित्त वित्तिय संस्थाको ४ करोड २० लाख रुपैयाँको ४ लाख २० हजार कित्ताको सेयर निष्काशनको लागि आवेदन दिईएको हो ।

बोर्डका कायममुकायम निर्देशक अनुज कुमार रिमालले २१ वटा कम्पनीको आवेदन परेको र आवश्यक आवश्यक कागजात पुगेको अवस्थामा स्वीकृति प्रदान गरिने जानकारी दिए । त्यसको स्वीकृति लगतै आइपीओ सर्वसाधारणका लागि बिक्रि खुला गरिनेछ ।

Logo