हेलिकोप्टर चढेर गाडी सोरुम उद्घाटन गर्न पुगे मुख्यमन्त्री

हेलिकोप्टर चढेर गाडी सोरुम उद्घाटन गर्न पुगे मुख्यमन्त्री


महिन्द्रा कम्पनीको सोरुम उद्घाटन गर्न प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले हेलिकोप्टर प्रयोग गरेको खुलेको छ।

सिद्धिचरण नगरपालिका वडा नम्बर ५ वर्णालुमा रुम्जाटार अटोमोवाइल्स प्रालिले सञ्चालन ल्याएको सोरुम उद्घाटन गर्न मुख्यमन्त्री राई सोलुखुम्बुको पत्ताले हुँदै रुम्जाटार पुगेका हुन् ।

मुख्यमन्त्री राई प्रदेश सभाका सांसद अम्बिरबाबु गुरुङसहित सोलुखुम्बुको पत्तालेमा केही समय हेलिकोप्टर राखेर हिमपात भएको क्षेत्र र महालंगुर हिमश्रृंखला अवलोकनपछि रुम्जाटार आएका थिए । उनी महेन्द्रा कम्पनीका प्रतिनिधि, सांसद गुरुङसहित रुम्जाटार विमानस्थलमा समिट हेलिकोप्टरबाट दिउँसो रुम्जाटार १२ः३० बजे आएर सोरुम उद्घाटनपछि ४ः३० बजे काठमाडा्ैं फर्किएका थिए ।

उक्त अटोमोवाइल्स कम्पनीमा प्रदेश सभाका सांसद गुरुङको मुख्य लगानी रहेको छ ।

Logo