छैठौं नेपाली टोपी दिवस पुष १७ गते, #Nepali_Pahichan ह्यासट्याग गर्न आग्रह

छैठौं नेपाली टोपी दिवस पुष १७ गते, #Nepali_Pahichan ह्यासट्याग गर्न आग्रह


‘नेपाली टोपीः हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ् छैठौं नेपाली टोपी दिवस मनाइने भएको छ। जागरुक युवा अभियान नेपालले आगामी पुष १७ गते (१ जनवरी २०१९ ) का दिन बिहान ८ बजे राजधानीको माइतीघर मण्डलामा भेला भएर प्रभातफेरी कार्यक्रम गरि नेपाली टोपी दिवस मनाउन लागेको हो।

मुलुकको पहिचान मेटिएको भन्दै अभियानले बिगत ५ बर्षदेखि हरेक जनवरी १ को दिन नेपाली टोपी दिवस मनाउदै आएका छन्।  ‘सदियौदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालिन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि हामीले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउदै आएका छौं ।’ अभियानले जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ।

उक्त दिन दौरा सुरुवाल टोपी र गुन्यूचोली लगाई फोटो खिचेर सामाजिक संजालमा पोष्ट गर्न अभियानले आग्रह गरेको छ। साथै अभियानले   सामाजिक संजालको बढी भन्दा बढी सदुपयोग गरि #Nepali_Pahichan ह्यासट्याग गर्न पनि अपिल गरिएको छ।

बिश्वमा हरेक मुलुकको आ–आफ्नो मौलिक पहिचान हुने भन्दै अभियानले नेपालको पनि आफ्नो पहिचान स्थापित गर्नुपर्ने जनाएको छ।  साथै अभियानले नेपालको मौलिक सम्पत्तीको रुपमा रहेको सास्कृतिक र जातीय टोपीहरुको पनि संरक्षण गर्न सरकारसंग आग्रह गरेको छ।

कार्यक्रम तालिका

स्थानः माइतीघर मण्डला, काठमाडौं
मितीः १ जनवरी २०१९  (पुष १७)
समयः बिहान ८ बजे
आयोजकः जागरुक युवा अभियान नेपाल

Logo