प्रहरीले सुनसरीको दुहबीमा बुधबार बिहान हत्या गरिएका मोहम्मद फिदा हुसेनको हत्यामा संलग्न आरोपमा ६ जनालाई पक्राउ गरिएको छ । "/>

गृहमन्त्रीको राजिनामा माग्दै सुनसरीमा प्रदर्शन (भिडियोसहित)

गृहमन्त्रीको राजिनामा माग्दै सुनसरीमा प्रदर्शन (भिडियोसहित)


प्रहरीले सुनसरीको दुहबीमा बुधबार बिहान हत्या गरिएका मोहम्मद फिदा हुसेनको हत्यामा संलग्न आरोपमा ६ जनालाई पक्राउ गरिएको छ ।  

पक्राउ पर्नेमा भारतीय मूलका र जय बाबा इँटा उद्योगकै कामदार र सक्युरिटी गार्ड रहेका छन् । सुनसरीका एसपी राजन अधिकारीले ६ जनालाई पक्राउ गरिएको र घटनाको अनुसन्धान भैरहेको बताए ।  

दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजर हुसेनको अज्ञात समूहले बुधबार बिहान ६ः३० बजे गोली हानी हत्या गरेको थियो । मोटरसाइकलमा आएका दुर्इ व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा चलाएको गोली लागी हुसेन घाइते भएका थिए । घाइते हुसेनलार्इ न्यूरो अस्पताल विराटनगरमा लैजाने क्रममा मृत्यु भएको थियो ।

घटनापछि सुनसरीको दुहबी तनावग्रस्त बनेको छ। हत्यारामाथि कारबाहीको माग गर्दै दुहबीबासीले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । आन्दोलनकारीले गृहमन्त्री राम बहादुर थापा को राजिनामा माग्दै शव सहित प्रदर्शन गरिरहेका छन् । मुस्लिम समूदायमाथि लक्षित गरी बारम्बार यस्ता घटना दोहोरिन थालेको भन्दै स्थानीयले प्रदर्शन सुरु गरेका हुन् ।

हुसेन हत्याको विरोधमा स्थानीयले दुहबी बजार बन्द गरेका छन्। यसबाट कोशी राजमार्ग भएर चल्ने सवारी ठप्प भएको छ । आक्रोशित समूहले दुहबी बजारका केही पसलमा तोडफोड समेत गरेको प्रहरीले जनाएको छ। घटनस्थलमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Logo